Indrenionline.com

शिक्षाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित– मन्त्री पौडेल

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउनुभएको छ । दक्षिण चितवनको माडीका विभिन्न विद्यालयको भ्रमणका क्रममा रहनुभएका मन्त्री पौडेलले आज चितवनमा आयोजित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।
dhaniram-624x468
मन्त्री पौडेलले प्राविधिक शिक्षामा आफूले जोड दिएको उल्लेखगर्दै शिक्षा क्षेत्रमा नमुना काम गरेर देखाउने आफ्नो लक्ष्य रहेको छ भन्नुभयो । शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्ने प्रक्रियामा आफू लागिपरेको बताउँदै उहाँले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन शिक्षकलाई निर्देशन पनि दिनुभयो ।