दीपबहादुर घर्ती
जाजरकोट, २५ भदौं । जिल्लाको भेरीमालिका नगरपालिकामा रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको फिल्ड आफै सुधार गरेका छन् । खाल्डा–खुल्डी परेर खेल मैदानका लागि विग्रिएको फिल्डलाई भेरी नदीवाट ढुङ्गा तथा मोरङ्ग विद्यार्थी आफैले ल्याएर फिल्ड सुधार गरेका हुन् । भेरीमालिका नगरपालिका –१ कालेगाउँमा रहेको शिव व्यवसायिक (प्राविधिक शिक्षा) माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शुक्रवार विद्यालयको फिल्ड सुधार गरेको विद्यालय अध्यक्ष सर्जनराज विकले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरु लाईनमै वसेर भेरी नदीवाट ढुङ्गा तथा मोरङ्ग ढुवानी गरेका थिए ।फिल्ड सुधारको काम विद्यार्थीहरुवाट भएपछि काम प्रति निकै प्रभावित भएर विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष वीरबहादुर बस्नेतले प्रत्येक महिनाको १ गते आफुले विद्यालयको खातामा ५ सय रुपैया जम्मा गर्नेछु भनि घोषणा गरेको पत्रकार सहदेव वस्नेतले जानकारी दिए । एनएक्स र विद्यालय तर्फका गरी उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संख्या ८ सय भन्दा माथि रहेको वताईएको छ ।।