दाङ २५ भदौ । फुलवारी गाविस ४ को वडा नागरिक मञ्चको पुर्नर गठन गरिएको छ । आज भएको भेलाले विमला परियारको संयोजकत्वमा २७ सदस्यीय वडा नागरिक मञ्च गठन गरेको हो ।
वडा नागरिक मञ्चका संयोजक नुमा बस्नेतको अध्यक्षता एवम स्थानीय शान्ति समिति संयोजक देवबहादुर विकको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक सुवेदीले गर्नुभएको थियो ।।