Indrenionline.com

परराष्ट्रमन्त्री महतले भोलिदेखि भारतको तीनदिने भ्रमण गर्ने

काठमाण्डौ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री प्रकाशशरण महतले भोलिदेखि भारतको तीनदिने भ्रमण गर्नुहुने भएको छ । दाहालको भ्रमणको एजेण्डाको बारेमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहे पनि कतिपय महत्वपूर्ण एजेण्डालाई कसरी अगाडि बढाउने भन्ने टुंगो लगाउन महतले भ्रमण गर्न लागेको वताइएको छ ।prakash-mahat

यस अघि प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा भारत भ्रमणमा आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पनि दाहालको भ्रमणको एजेण्डाको बारेमा भारतीय पक्षसाग प्रारम्भिक कुराकानी गर्नुभएको थियो । स्रोतका अनुसार भारत भ्रमणको समयमा महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग सोमवार मध्यान्ह भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसैगरी, ऊर्जालगायत अन्य क्षेत्रका एजेण्डाहरुलाई टुंगो लगाउन महतले विभिन्न मन्त्रीहरुसँग समेत छलफल हुनेछ ।।