बाबुराम रेग्मी
बिजौरी, २५ भदौ । जनता बैंक नेपाल लिमिटेडले दाङको विजौरीमा बैंकिङ करोबार सुरु गरेको छ । युके एडको लगानीमा सञ्चालन गरेको सक्षम कार्यक्रम संगको सहकार्यमा जनता बैंकले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आज विजौरीमा औपचारिक कार्यक्रमको आयोजना गरेर सेवा सुरुवात गरेको छ ।
शाखा रहित भए पनि शाखा मार्फत हुने सम्पुर्ण बैकिङ सेवाहरु उपलब्ध गराउने उहाले बताउनु भएको छ । उद्घाटन कार्यक्रममा विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष कमानसिङ खड्का, बेलझुण्डि खानेपानी संस्थाका अध्यक्ष प्रदिप गौतम लगायतकाले जनता बैंकले सञ्चालन गरेको शाखा रहित बैंकिङ सेवाको सफल्ताको शुभकामना दिनु भएको थियो ।
विजौरी शाखा रहित सेवा सञ्चालनका लागि विष्णुकुमारी के.सी. लाई जिम्मेवारी दिएको छ ।।