
नेपालमा मात्रै नभएर विश्वमै आत्महत्या गर्ने बढ्दो क्रमले यसको रोकथाममा चुनौति थपिंदै गएको छ ।विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिस मध्ये आधा जसोले आत्महत्या गर्ने गरको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । नेपालमा पनि आत्महत्या रोकथाम चुनौतिपूर्ण बन्दै गएको छ ।
यहाँ गरिबी, पारिवारिक कलह, श्रीमानश्रीमतीबीचको असमझदारी, पे्रममा असफल, बेरोजगारी, अन्य विभिन्न तनाव जस्ता कारणले पनि आत्महत्या हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष झण्डै ८ लाखको आत्महत्याबाट ज्यान गइरहेको छ ।