२४ भदौ, काठमाडौं । मुक्त कमैयाहरुले अनुदान रकम बढाएर पाँच लाख र्पुयाउन सरकारसँग माग गरेका छन् । मुक्त कमैया समाजले आज विहान सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १२ बुँदे ज्ञापनपत्र बुझाएर जग्गा खरिदका लागि दिइने अनुदान रकम बढाउन माग गरेको हो । 
समाजको ज्ञापनपत्रमा पहिचान हुन नसकेका छुट मुक्त कमैयालाई तत्काल पहिचान गरेर परिचयपत्र उपलब्ध गराइनुपर्ने, मुक्त कमैयाहरुको निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने, मुक्त कमैया महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका