काठमाण्डौ, २४ भदौ । देशभर ६ हजार २ सय ८६ उपभोक्ताको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले ६३, काठमाडौं क्षेत्रीय कार्यालयले ११ नेपालगञ्जले १२, पोखराले ३८, हेटौडाले ४६ र अत्तरिया क्षेत्रीय कार्यालयले ५८ उपभोक्ताको लाइन काटेको हो । 
प्राधिकरणले लाइन काट्न थालेपछि ११ करोड १४ लाख ३९ हजार ८ सय १८ रुपैयाँ बक्यौता असुल गरेको छ । लाइन काटिएका ३ हजार २ सय ९८ जनाले भने महसुल तिरेर फेरि लाइन जोडेका छन् ।।