भदौ २४, काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डाको विषयमा ज्ञापनपत्र बुझाएका छन । 
भेटमा प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै सरकारले जनता र राष्ट्रको हितमा दिने सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने पक्षमा रहेको बताउँदै दुई देशीय हित र सम्बन्धमा आफ्नो भ्रमण केन्द्रित रहने जानकारी गराए ।।