दाङ, २४ भदौ । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सनी विरुद्धको सचेतना अभियानलाई तीव्र बनाईएको छ । यसै क्रममा किसान जागृत युवा क्लब घोराही– २ क्वाडीमा लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायीक प्रहरी सेवा केन्द्र दाङसँगको समन्वयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सचेतना कार्यक्रमलाई ग्रामीणमुखी बनाउन आवश्यक भएको बताएका थिए ।
साथै उहाँले प्रहरी, सामुदायीक प्रहरी, प्रहरीको काम, कर्तव्य र अधिकार, अपराध नियन्त्रणकालागी नागरिकको भूमीका लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पत्रकार सन्तोष सुवेदी, सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतललगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले अपराध नियन्त्रणकालागी र समाजमा शान्ति सुरक्षा कायम गर्नकालागी लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।।