Indrenionline.com

मानव अधिकारकर्मी पहाडि दाङ आउदै

दाङ १८ बैशाख

मानव अधिकार तथा शान्ति समाज नेपालले तुलसीपुरमा जागरण सभा गर्ने भएको छ । समाजले स्वाभिमान अभियान अन्र्तगत भोली तुलसीपुरको विपि चौकमा जागरण सभाको आयोजन गर्ने भएको हो ।

शान्ति, अंहिसा, राष्ट्रिय स्वाभिमान, एकता र आत्मसम्मान भन्ने नाराका साथ हुने कार्यक्रममा मानव अधिकारकर्मी तथा शान्ति समाजका सस्थापक सभापती कृष्ण पहाडि लगाएत स्थानिय राजनितिक दलका प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको शान्ति समाज दाङका सचिव शरद रेग्मीले जानकारी दिनुभयो ।

यसैबिच मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले एक बिज्ञप्ति जारि गरी संस्थापक सभापती तथा वरिष्ठ मानव अधिकारकर्मी पहाडिले सम्वोधन गर्ने जागरण सभामा उपस्थित हुन सवैमा अनुरोध गरेको छ । समाजका सभापति शुरेस श्रेष्ठ र सचिव शरद रेग्मीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भोली दिउसो हुने कार्यक्रममा उपस्थित धइदिन अनुरोध गरिएको छ ।।