Indrenionline.com

टमाटर खेतिबाट तीन लाख बढि आम्दानी

लिलाधर वली
घोराही,२४ भदौ । बेरोजगारीको समस्या देखाउदै दिनहु युवायुवतीहरु विदेशी रहेको समयमा दाङको पहाडी गाविसका एक किसानले टमाटर बचेर तीन लाख बढि आम्दानी गर्नुभएको छ । पहाडी गाविस काभ्रे–४ बाँघि निवासी दोर्ण केसीले आफ्नै बारीमा गरेको व्यवसायीक टमाटर खेतीवाट एक सिजनमा तीन लाख रुपैया बढि आम्दानी गरेको बताउनुभएको छ ।
घरको न्यून आर्थिक अवसस्थाका कारण झण्डै २० बर्ष भारतको चण्डीगढमा होटेलमा काम गर्दै आउनुभएका केसीले विगत छ वर्षदेखि गाउँमा टमाटर खेती गर्दै आउनुभएको छ ।

अर्काको देशमा काम गर्नुभन्दा आफ्नै जमिनमा स्वेदशमा केही गर्ने सोचका साथ स्वेदश फर्किनुभएका केसीले स्थानीयहरुको सल्लाहमा गरेको टमाटर खेतीवाट अहिले राम्रो आर्थिक आम्दानी गर्दै आउनु भएको छ । गाउँमा टमाटर आवश्यकता घोराही बजारवाट लग्नुपर्ने बाध्यता रहेको उक्त गाउँमा स्थानीय कमिरेचौरको बजारको आवश्यकतालाई समेत मध्यनजर गर्दै केसीले सुरु गर्नुभएको व्यवसायीक टमाटर खेतीको उत्पादन पछिल्लो समयमा कमिरेचौर बजारसँगै घोराहीसम्म आउने गरेको छ ।

भारतमा होटेलमा काम गर्दा कमाएको झण्डै २० देखि ३० हजार रुपैयाको लगानीमा दश कट्टा जमिनमा सुरु गर्नुभएको टमाटर खेतीवाट उत्पादन गरेको ४० केजीदेखि लिएर ९० केजीसम्म टमाटर बजारसम्म पु¥याउदै आउनुभएको केसीले बताउनुभएको छ । जसवाट आम्दानी समेत राम्रो आउने गरेको केसी बताउनुहुन्छ । टमाटर खेती सुरु गर्दा सुरुमा केही अप्ठेरो भएपनि व्यवसाय सुरु गरेको केही समयपछि जिल्ला कृषि विकास कार्यालयसँगै कृषिका क्षेत्रमा काम अन्य संघ सस्थाहरुवाट तालिम खेतीगर्नका लागि सहज भएको केसी बताउनुहुन्छ ।

व्यवसायीक रुपमा सञ्चालन गरेको टमाटर व्यवसायवाट राम्रो टमाटर उत्पादन गरेपनि बजारको उचित व्यवस्था नहुदा समस्या भएको केसी बताउनुहुन्ुछ । टमाटर खेतीवाट राम्रो आर्थिक आम्दानी हुने भएपनि पहाडी क्षेत्रमा टाढावाट पानी ल्याउनुपर्ने भएका कारण केही समस्या हुने गरेको उहाँले बताउनुभउको छ । व्यवसायीक रुपमा टमाटर खेतीमा लाग्नुभएका केसीले व्यवसायमा सहयोग गर्नका लागि गाउँका तीन जनालाई मासिक रुपमा १५ हजार रुपैया दिएर रोजगारी समेत प्रदान गर्नुभएको छ । व्यवसायीक टमाटर खेतीका माध्यमवाट गाउँमा चिनिन सफल केसीलाई अहिले भारतमा होटेलमा गरेको दु।ख भन्दा स्वेदशमा आफ्नै मेहनतमा सञ्चलन गरेको आफ्नै व्यवसाय राम्रो लाग्ने गरेको समेत बताउनुभएको छ ।

टमाटर रोप्ने,गोडमेल गर्नेदेखि लिएर उप्पादन भएको टमाटर टिप्नका लागि आफु एक्ले नभ्याउने भएपछि कामदारहरु समेत राख्नु परेको केसीले बताउनुभएको छ । केसीले व्यवसायीक टमाटर खेतीसँगै गोपी खेती समेत गर्दै आउनुभएको छ । टमाटरसँगै केसीले झण्डै पाँच कट्टा जमिनमा व्यवसायीक गोपी खेती समेत गर्दै आउनुभएको छ ।