दान गर्ने पुरुष बढि,लिने महिला धेरै
लिलाधर वली
घोराही,२४ भदौ । दाङमा एक वर्षको अवधिमा साडे एक हजार बढि युनिट ब्लड सङ्कलन भएको छ । नेपाल रेडक्रस सोशाईटी रक्त सञ्चार केन्द्र घोराहीका अनसार गतवर्षमा दाङमा विभिन्न समुहको एक हजार छ सय ९५ युनिट व्लड संकलन भएको छ ।
रक्त सञ्चार केन्द्रमा संकलन भएको अधिकांस व्लड जिल्लामै खपत हुने गरेको छ । गत आर्थिक वर्ष संकलन भएको एक हजार छ सय ९५ युनिट संकलन भएको व्लड मध्य एक हजार छ सय ७१ युनिट जिल्लामै खपत भएको इन्चार्ज न्यौपानेले जानकारी दिनुभएको छ । जस मध्य ५० युनिट व्लड भने नेपालगंजवाट माग भएका कारण जिल्ला बाहिर पठाउनु परेको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
व्लड दिनेहरु जिल्लामा महिलाहरु भन्दा धेरै पुरुषहरु हुने गरेका छन । गत आर्थिक वर्ष जिल्लामा रक्तदान गरेका एक हजार छ सय ९५ जना मध्य अधिकांस रक्तदान गर्ने पुरुषहरु रहेका छन । जसमा एक हजार चार सय १८ जना पुरुषहरु रहेका छन भने महिला जम्मा दुइ सय ७७ जना रहेका छन । व्लड दान गर्ने पुरुषहरुको सङ्ख्या धेरै भएपनि व्लड भने महिलाहरुमा धेरै खपत हुने गरेको पाइएको छ ।
रक्त सञ्चार केन्द्रमा संकलन भएको व्लडको आधा भन्दा बढि व्लड महिलाहरुमा लाग्ने गरेको छ । रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज न्यौपानेका अनुसार ंसंकलन भएको व्लड एक हजार एक सय १८ जना महिलाहरले लिएका छन । यसको तुलनामा पुरुषहरुको सङ्ख्या निकै कम रहेको छ । संकलन भएको व्लड पाँच सय तीन जना पुरुषहरुलाई दिइएको रक्त सञ्चार केन्द्रले जनाएको छ । यसको कारण पुरुषहरुभन्दा बढि महिलाहरु विरामी हुनका साथै महिलाहरुको डेलिभरी हुदा धेरै व्लड खर्च हुने गरेको छ । आम मानसिहरुमा आफ्नो शरिरमा धेरै भएको व्लड दान गर्नुपर्छ भन्ने चेतनाको विकास नहुदा व्लड दान गर्ने मानिसहरु जिल्लामा कमि देखिएको केन्द्रले जनाएको छ ।
व्यक्त रुपमा आएर व्लडदान भन्दापनि विभिन्न संघ सस्थाहरुको स्थापना,कार्यक्रम,बार्षिक उत्सव लगागतका अवसरमा रक्तदान गरिने गरिदै आएको छ । आम मानिसहरुमा मेरो शरिरमा बढि रगत छ,त्यो रगत अरुलाई दिदा आफुलाई फाइदा हुन्छ भन्ने चेतनाको अभावका कारण जिल्लामा व्लड दान गर्ने मानिसहरुको सङ्ख्या कमि रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।