काठमाडौं । अमेरिकाका राष्ट्रपति बराक ओबामाले नेपाल र लाओसमा आफुले एक लोकप्रिय कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन् ।
अमेरिकी प्रथम महिला मिशेल ओबामाले पनि सो बारे पुष्टि गरेकी छिन् । उनले बुधबार ट्वीटरमार्फत सो कुराको जनकारी दिएकी छिन् । उनको ट्वीट यस प्रकार छ, ‘ठूलो समाचार ! आज अमेरिकाका राष्ट्रपतिले ‘लेट गर्ल्स लर्न’ कार्यक्रम लाओस र नेपालमा बिस्तार गरिने घोषणा गरे ।’