Indrenionline.com

प्युठान कारागारमा क्षमता भन्दा बढि कैदी

प्युठान २३ भदौ । जिल्ला कारागार प्युठानमा क्षमता भन्दा बढि कैदी राखिएको छ । महिला पुरुष गरी २५ जना कैदीहरुलाई राख्न सक्ने कारागारको क्षमता भएपनि अहिले दुई बर्षीय बालक सहित १३ महिला र ५६ पुरुष गरि ६९ जना कैदीबन्दी राखिए कारागारका जेलर सुर्य बहादुर पन्तले जानकारी दिनुभयो ।

कारागारको आफ्नै जग्गा भएपनि भवन निर्माणका लागि बजेट नहुदा समस्या भएको जेलर पन्तले बताउनुभयो । भवन निर्माणका लागि केन्द्रिय कारागार व्यवस्थापन विभागमा पटक–पटक माग गरिएको भएपनि अझै भवनका लागि बजेट आउन नसकेको पन्तले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार कारागारको स्वामित्व रहेको जग्गामा नयाँ भवन निर्माणका लागि ८ करोड ४३ लाख रुपैयाँ प्रारम्भिक लागत ‘स्टिमेट’ गरी केन्द्रमा पठाइएको छ ।

साथै कैदीबन्दीहरुका लागि आबश्यक सिप मुलक तालिमको लागि आबश्यक ठाउ पनि नभएको जेलर पन्तले बताउनुभयो । जिल्ला कारागार प्युठानमा अहिले सबैभन्दा बढि कर्तव्य ज्यान मुद्दाका कैदीवन्दीहरु रहेको पन्तले बताउनुभयो । कारागगारको स्वामित्वमा प्युठान खलांगामै दुई वटा भवन सहित ५ रोपनी ६ आना जग्गा छ । तर सुरक्षाको हिसाबले उपयुक्त नभएको भन्दै ती भवनमा कैदी राख्न नसकिएको पन्तले जानकारी दिनुभयो ।