काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सातै वटा प्रदेशमा एकएक वटा प्रादेशिक विश्वविद्यालय र मेडिकल कलेज यसै वर्ष स्थापा गर्ने बताएका छन् । आज संसद बैठकमा राष्ट्रको नममा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो ।
साथै सामुदायिक विद्यालयबाट ०७२ सालमा एस्एल्सीमा ए प्लस अंक ल्याई हाल सामुदायिक माविमै अध्ययनरत छात्राहरूलाई सम्बन्धित गाविसमार्फत् एकमुष्ठ पाँच हजार प्रोत्साहन छात्रावृत्ति दिइने उहाँले बताउनुभयो ।।