काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म रहेका औषधिजन्य जडीबुटीहरुलाई घाँस–दाउराको रुपमा प्रयोग हुने परिस्थिति अन्त्य गर्नुुपर्ने बताउनुभएको छ ।
सभामा प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । ऋषि मुनीहरुको साधना, प्रयोग र अनुभवबाट आर्जेको ऐतिहासिक ज्ञान र कृतिलाई शिक्षण, प्रशिक्षण, अनुसन्धान र प्रयोगमा लगाउन उहाँले जोड दिनुभयो ।
सो अवसरमा विश्वविद्यालयका पदाधिकारीहरुले संस्कृत विश्वविद्यालयको प्राज्ञिक विकासको आवश्यकता, संस्कृत विश्वविद्यालयको आधुनिकीकरणमा जोड दिँदै विश्वविद्यालयका समस्याबारे सभालाई अवगत गराउनुभएको थियो ।