डिआरएन
गुरु जजुर उच्च मावि रक्षाचौरमा आज एक कार्यक्रमका विच ३७औं राष्ट्रिय शिक्षा दिवस तथा ५० औं अन्र्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाइएको छ । शिक्षा दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त अवसरमा विद्यालयले प्रभातफेरी समेत निकालेको थियो । यस्तै विद्यालयले आज शिक्षा दिवसकै अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरेको छ । जस अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता,सरसफाई, प्रवचन जस्ता कार्यक्रम गरी भव्य रुपमा शिक्षा दिवस मनाएको हो ।
यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्र बहादुर वली,शिक्षक प्रतिनिधी लेबेन्द्र केसी ले कोरा शिक्षाले समाज रुपान्तरण हुन नसक्ने भएकाले जिवोपयोगी सिपमा आधारीत शिक्षा आजको आवश्यका वन्न पुगेको कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा विष्णु प्रसाद न्यौपाने,धु्रवराज न्यौपाने,सुशिला सुवेदि लगायतले मन्तव्य राख्नुभएको थियो । दिवसको अवसरमा हाजिरी जवाफ,कविता प्रतियोगितामा सहभागी भई प्रथम ,द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार समेत वितरण गरिएको थियो ।