दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा उत्कृष्ट विद्यालयहरुलाई शिक्षा मन्त्रालयले सम्मान गर्दैछ भने केहीबेरमा राष्ट्रपति कार्यालयमा उत्कृष्ट विद्यार्थीहरुलाई पदक प्रदान गर्ने कार्यक्रम रहेको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
वि सं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो भने हरेक सेप्टेम्बर ८ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले साक्षरता दिवस मनाउँदै आएको छ । पछिल्लो केही वर्ष यता नेपालमा अन्तर्राष्ट्रियरुपमा साक्षरता दिवसकै दिन शिक्षा दिवस पनि मनाउन थालिएको हो ।