
बीपी कोइरालाका पुत्रसमेत रहनुभएका महामन्त्री कोइरालाले बीपी कोइरालासँग राजनीति र साहित्यमा पनि स्पष्ट दृष्टिकोण थियो तर अहिलेका नेतृत्वमा त्यस्तो क्षमता देखिँदैन । पहिला राजनीति मूल्य, मान्यता, आदर्श र त्यागका लागि गरिन्थ्यो तर अहिले पद र प्रतिष्ठाका लागि गरिने गरेको उनको भनाई थियो ।
यसैगरी महामन्त्री कोइरालाले संविधान कार्यान्वयन नै अहिलेको मूल मुद्दा भएको उल्लेख गर्दै राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको सङ्ख्या आठ सयको हाराहारीमा हुने गरी छलफल अगाडि बढेको जानकारी पनि दिनुभयो ।