
सरकाले अपर कर्णाली उर्जा बिकास सम्झौता (पिडिए) र उर्जा ब्यापार सम्झौता (पिटिए) मार्फत नेपालको महत्पुर्ण जलश्रोत कर्णाली नदि भारतलाई दिएको भन्दै आफुहरु बिरोधमा उत्रिएको क्रान्तिकारी माओवादी दाङका सेक्रेटरी अमर पोख्रेल जारी गरेको बिज्ञप्तीमा छ ।
नेपालको जलश्रोतमाथि कब्जा जमाउदै आएको भारतले यस पटकको यो काम एक निजि कम्पनिलाई दिएको र उक्त सम्झौताको चौतर्फि बिरोध भएपछि सरकारले सम्झौता कार्यान्वयन गराउन परियोजना स्थलमा सेना परिचालन गरिएको बिज्ञप्तीमा उल्लेख छ । जसबाट उत्पादन हुने बिद्युत्त नेपालको राष्ट्रिय प्रसारण लाईनमा नजोडि सिधै भारतिय प्रसारण लाईनमा जोड्नेगरि ब्यबस्था गरिएको र यो सम्झौता पुर्णरुपले राष्ट्रघाति रहेको बिज्ञप्तिमा छ ।।