पर्सा, भदौ २३ । पर्सा प्रहरीले १८ ग्राम खैरो हेरोइनसहित पर्साबाट एक भारतीय महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्ज शाखाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१९ रजत जयन्त्री चोकबाट भारतीय नागरिक मिना देवी हजामलाई पक्राउ गरेको हो ।
भारतको मोतीहारी जिल्ला हरैया थाना परेवा गाउँ–१ तुमरिया टोलकी ५४ वर्षकी हजरा चेकजाँचको क्रममा पक्राउ परेकी हुन । हजामको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।।