
ब्रम्हाण्डमा पछिल्लो समय यस्ता घटना देखिएको बताउँदै उहाँले न्युटनको उक्त नियम सच्याउनुपर्ने माग गर्नुभयो ।
प्रयोगात्मक विधिबाट गणीतीय हिसावले उक्त सिद्धान्तमा प्रशस्तै त्रुटि रहेको उहाँको दावी छ । कुनै पनि पदार्थहरु एक आपसमा सम्पर्कमा आउँदा उनीहरुले दिने क्रिया र प्रतिक्रिया पदार्थको अवस्था र तीनीहरुको बनोटमा भर पर्ने उनको निष्कर्ष छ ।
हिजो पत्रकार सम्मेलन गर्दै थापाले ८ महिना लगाएर अनुसन्धान गरेर उक्त निस्कर्ष निकालेको दावी गर्नुभयो । नास्ट र त्रिभुवन विश्वविद्यालयको भौतिक विभागमा यसबारेमा जानकारी गराईसेको उहाँको भनाई छ । आफ्नो खोज तथा अनुसन्धानलाई उनीहरुले स्विकारे पनि अन्र्तराष्ट्रिय समूदायले माने पछि मात्रै नेपालले पनि मान्ने बताएकोले आफूले सार्वजनिक गरेको उहाँले बताउनुभयो ।