दाङ, १७ बैशाख
गर्मि मौसमसंगै आँखामा संक्रमण तथा आँखा पाक्ने रोगका विरामीहरु बढेका छन । गर्मिमा संक्रमण छिटो हुने भएकाले आखाका विरामी दिन प्रतिदिन बढ्दै गएको राप्ती आँखा अस्पताल रक्षाचौर प्रशासनले जानकारी दिएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखा चेक जाँच गराउन जानेहरुको संख्या ह्वात्तै बढेको छ ।
सरुवा रोग भएकोले एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा रोगका जिवाणु गर्मी मौसममा छिटो सर्ने गर्दछ । साथै, आँखा चिलाउने, विझाउने र कचेडा लाग्ने जस्ता लक्षण देखापरेमा समयमै आँखा अस्पतालमा पुगेर उपचार गराउन र हेलचेक्र्याइ नगर्न चिकित्सकले सुझाव दिएका छन् ।।