विराटनगर,२२ भदौ । विराटनगरमा होस्टेल संचालन गरी बस्ने एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाइ पक्राउ गरेको छ । सुनसरी औरावनीका १९ बर्षीय विनोद यादवको हत्यामा संलग्न सिरहाका २२ बर्षीय राकेशकुमार यादव, १७ बर्षीय कृष्णकुमार यादव तथा सप्तरी महुवाका १८ बर्षीय जीतेन्द्रकुमार शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले उनीहरुलाई प्रहरीले विराटनगर उपमहानगरपालिका २० स्थित नेपाल भारतको सिमाना दरैयावाट गएराती पक्राउ गरिएको जानकारी दिनुभयो । विराटनगर उपमहानगरपालिका १३ स्थित दुर्गादेवि वरालको घरमा यादवले अक्सफोर्ड होम होस्टेल संचालन गदै आएका थिए । १९ बर्षीय बिनोदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका तीनै जना बिद्यार्थी हुन् ।।