Indrenionline.com

गाँजा सहित धर्नाबाट एक व्यक्ति पक्राउ

घोराही । दाङमा प्रहरीले ६ किलो अवैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । धर्ना गाविस ९ भैसापथ्रा निवासी वसन्तबहादुर वलीलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लागुऔषधको कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीको बिशेष प्रहरी टोलीले वलीकै घरमा ६ कलिो गाँजा कारोबार गर्न लागिरहेको अवस्थामा पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

गाँजाको कारोवार गरिरहेको समयमा पक्राउ परेका वली माथी आवश्यक अनुसन्धान भईरहेको एसपी सिंहले बताए ।