काठमाडौं २१ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मस्थल नेपालमा विश्वका एक अर्ब बौद्ध धर्मावलम्बी मात्रै आउने वातावरण सिर्जना गर्न सकियो भने विश्वभर शान्ति सन्देश प्रवाह गर्नुका साथै नेपालको आर्थिक र पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने वताउनु भएको छ ।
प्रधानमन्त्रीले अशोकाको भुमिका युद्धवाट फर्केर शान्तिका लागि भए जस्तै आफू पनि युद्धवाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पुर्याउन चाहेको वताउनु भयो ।