२१ भदौ, काठमाडौं ।
वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा निधन भएको छ । विक्रम सम्वत् १९८४ मा भारतको दार्जि्लिङमा जन्मिएका खालिङको सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए ।उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि सिलिगुडीमा राखिने र बुधबार जन्मथलो दार्जि्लिङमा अन्त्येष्टि गरिने भएको छ । 
सात सालको सालको आन्दोलन सफल भएपछि भने उनले बन्दुक बिसाएर कलम समाएका थए । साहित्यकार महानन्द सापकोटाको सरसंगतले साहित्य र शिक्षा क्षेत्रमा सक्रिय भएका थिए । सापकोटासँग मिलेर उनले विभिन्न ठाउँमा विद्यालय खोल्ने र सञ्चालन गराउने काम समेत गरे ।।