Indrenionline.com

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

दाङ, २१ भदौ । 
दाङमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतको कमान्डमा खटिएका चार जनाको प्रहरी टोलीलाई स्थानीय युवाले लुकेर दाउराले हानेको प्रहरीले जनाएको छ ।police

दाउराले लागेर सबैभन्दा अगाडि हिँडिरहेका सहायक निरीक्षक बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको बुटवलमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न लालमटिया–३ का सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर बिक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै त्यही समयमा प्रहरी चौकी सिसहनियाका सहायक निरीक्षक यज्ञमणि वैद्यमाथि पनि स्थानीय दुई जनाले हातपात गर्न खोजेका छन् । ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्न खोजेको भन्दै प्रहरीले गोवरडिहा–४ का श्यामसिंह चौधरी र अम्रेश चौधरीलाई पक्राउ गरेको छ ।।