Indrenionline.com

अनेमसंघ सल्यानको अध्यक्षमा हमाल

सल्यान, १७ बैशाख ।
अखिल नेपाल महिला संघ सल्यानको अध्यक्षमा सरिता हमाल सर्वसहमत चयन हुँनु भएको छ । विविहवार सदरमुकाम खलंगामा सम्पन्न छैठौँ जिल्ला सम्मेलनले १७ सदस्यीय नयाँ अनेम संघ जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेमा कुमारि वस्नेत र पूर्णिमा बिक, सचिवमा पुष्पा बोहोरा, कार्यालय सचिवमा गिता जिसि रहनुभएको छ ।

अनेम संघ केन्द्रिय सचिब सुजिता शाक्यको प्रमुख आतीथ्यता र नेकपा एमालेका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल सह इन्चार्ज गुलाब जङ्ग शाहको विशिष्ट आतीथ्यतामा भएको सम्मेलनले सदस्यहरुमा गायत्री विक, सिता सुनार, हिमा डाँगी, निर्मला वलि, लिला खड्का, कुमारि केसी, तारादेवी सेन, सावित्रा विक, शोभा साहु र आशा शाहि रहनुभएको छ ।

अनेम संघ सल्यानकी निवर्तमान अध्यक्ष शान्ता हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतीथी अनेम संघ केन्द्रिय सचिव शाक्यले नेपालको राजनितीक, सामाजिक, आन्दोलनमा महिलाले खेलेको भुमिका अतुलनीय र अबिस्मरनिय रहेकोे भन्दै बर्तमान समयमा नेकपा एमालेले महिलालाइ रास्ट्रपति जस्तो गरिमामय पदमा पु¥याएर महिलाको शिर उच्च राख्ने काम गरेकाले सम्पूर्ण नेपाली महिला मुक्तिको आन्दोलनको नेतृत्व अनेमसंघले गर्र्नेे बताउनुभयो ।।