Indrenionline.com

एमाले अध्यक्ष ओली आज स्वदेश फर्कदै  

काठमाडौँ,  २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित चेकजाँच गराई सोमबार थाइलैन्डबाट स्वदेश फिर्ता हुनुहुने भएको छ । अध्यक्ष ओली भदौ ९ गते त्यता प्रस्थान गर्नुभएको थियो ।

सरकारबाट बाहिरिएपछि चेकजाँचका लागि थाइल्यान्ड जानुभएको थियो ।  एमाले अध्यक्ष ओलीले उपचारका लागि सरकारसँग सहयोग नमाग्नु भएको एक नेताले बताउनुभयो ।