Indrenionline.com

दोलखालाइ केन्द्र वनाएर २ पटक भुकम्प

दोलखा, २० भदौ ।
दोलखा केन्द्रविन्दु भएर दुई वटा परकम्प गएको छ । सोमबार बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।vukampa

यसअघि साउन ८ गते राति ११ बजेर ५९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो । यस्तै गएको ११ गते बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पोहोर वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको परकम्प अझैपनि आइरहेको हो । सुरुका दिनमा सयौं परकम्प जाने गरेपनि अहिले त्यो घट्दै गएको छ ।