दीपबहादुर घर्ती
जाजरकोट, १९ भदौं । एक छात्रासंग १५ सय रुपैया नभएपछि जिल्लाको एक विद्यालयले प्रवेशिका परिक्षाको सर्टि्फिकट दिएको छैन् । विद्यालयवाट सर्टि्फिकट नपाएकी छात्रा जिल्ला सदरमुकाम खलंगामा भौतारी रहेकी छन् ।टालेगाउँ ४ कि निर्मला सिंहले विद्यालयले निर्धारण गरेको १५ सय रुपैया तिर्न नसकेपछि मान्ने ढुङ्गा उच्च माध्यामिक विद्यालय टालेगाउँले प्रवेशिका परिक्षाको सर्टि्फिकट नदिएको हो । 
विद्यालयवाट सर्टि्फिकट प्राप्त गर्न सकेको भए सदरमुकामकै होटेलमै काम गर्दै आफ्नो पढाईलाई पनि खलंगगामै जोड्ने सोच रहेको निर्मलाले वताईन् । पैसाको अभावमा सर्टि्फिकट प्राप्त गर्न नसकेकि निर्मलाले अन्ततः कित व्यटी पालर तालिम लिने, कित कुक तालिम लिएर एक व्यवसायमा लाग्ने अन्तिम इच्छा रहेको वताईन् । त्यसका लागि पनि उपयुक्त अवसरको खाँचो रहेको वताउदै निर्मलाले अवसरको खोजी गरि दिन सवैसंग आग्रह गरेकी छन् ।