काठमाण्डौ, १९ भदौ ।
आपूर्ति मन्त्री दीपक बोहोराले कालोबजारी गर्नेहरुलाई कुनै पनि हालतमा छुट नदिने र सामाजिक बहिस्कार गर्ने वातावरण वनाउने वताउनुभएको छ ।
उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने र कालोबजारी गर्नेहरुलाई कारवाही गर्न कडा कानुन ल्याइने उहाँको भनाइ छ । राजधानीको बल्खुस्थित सुन्दरी घाटमा आज तीन करोड मूल्य बराबरका अखाद्य सामान नष्ट गर्दै मन्त्री बोहोराले यस्तो वताउनुभएको हो ।
उपभोक्ता अधिकारसँग सम्बन्धित कानुनहरु छरिएको अवस्थामा रहेकाले कतिपयले उन्मुक्ति पाउने अवस्था पनि रहेको भन्दै उनले कानुन संशोधन गर्ने एउटै सशक्त कानुन बनाउने मन्त्री बोहोराको भनाइ छ ।।