Indrenionline.com

बैंक र व्यक्तिको रकम समेत लुटिने क्रम बढ्यो

तुलसीपुर, १९ भदौ
दाङको तुलसीपुर स्थित व्यवसायी गणेश गुप्ताको घरमा चोरी भएको छ ।तुलसीपुर नगरपालिका ६ स्थित गुप्ताको घरमा कोही नभएको मौकाछोपी नगद एकलाख ५० हजार, चाँदीका गरगहना र २२ इन्चको एलसीडिलगायतलका सामाग्रीहरु चोरी गरेको पिडित गुप्ताले जानकारी दिनुभएको छ ।lutiyeko

गुप्ताको घरको छतवाट छिरेर ढोकाको ताला तोडि चोरी गरेको बताएको छ । पछिल्लो समयमा घरमा मानिस नभएको समयमा मात्रै नभई बैंक र व्यक्तिको रकम समेत लुटिने क्रम बढेको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले भने पिडितले जाहीरी दिएको र चोरी गर्नेको खोजी कार्यजारी रहेको जनाएको छ । यसैवीच, घोराहीमा आज एक पसलमा चोरी भएको छ । चोरी भएकोवारे विस्तृत जानकारीलिने काम भइरहेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।।