Indrenionline.com

६ गाविसमा स्थानीय विपद् ब्यवस्थापन समिति गठन

सल्यान, १९ भदौ ।
सल्यानका ६ गाविसमा स्थानीय विपद् ब्यवस्थापन समिति सक्रिय भएका छन् । जिल्लाका लक्ष्मीपुर, कालिमाटी रामपुर, कुपिण्डे, लेखपोखरा, दमाचौर, र निगालचुलामा गठन भएका समितिहरु सक्रिय भएका हुन । स्थानीय विपद् जोखिम ब्यवस्थापन योजना तर्जुमा निर्देशिका २०६८मा रहेर गठन भएका समितिहरुले आ–आफ्ना गाविस भित्र हुन सक्ने विपद्हरुको विश्लेषणको काम सुरु गरेका छन् ।समितिहरुलाई गाविस भित्र सकंटासन्ता तथा क्षमता विश्लेषणको सहयोग कृषि स्वास्थ्य तथा वैकल्पीक जिविकोपार्जन कार्यक्रम ( पहल) ले गरेको छ । सवै सरोकारवाहरुको सहभागितामा विपद् ब्यवस्थापन,योजना, आपतकालिन कार्ययोजना, पुर्नस्थापन,पुर्ननिर्माण लगायतका विषय समेट्ने गरी काम अघि वढाएको कालिमाटी रामपुरका सचिव मेघराज भुषालले जानकारी दिनु भयो ।

उहाले भन्नु भयो– पहिलो चरणमा समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धिको काम सम्पन्न गरेका छौं । पहल कार्यक्रम सञ्चालन भएका ६ गाविसमा स्थानीय विपद् ब्यवस्थापन समितिलाई सक्रिय वनाएर विपद जोखिम ब्यवस्थाको सवालाई विकास योजना संग मुलप्रवाहिकरण गर्ने गरी काम अघि वढाएको दलित विकास समाज सल्यान अन्तरगत विपद् ब्यवस्थापन अधिकृत राकेश श्रेष्ठले जानकारी दिनु भयो ।।