Indrenionline.com

जाजरकोटको एक होटलमा आगलागी हुँदा १ को मृत्यु, विस्तृत विवरण आउन वाँकी

जाजरकोट, १९ भदौ ।
जाजरकोटमा आज एक होटलमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । खलंगाको शान्ति चौतारा स्थित संगिता होटलमा आगलागी हुँदा मानवीय र भौतिक क्षति भएको हो ।aaglagi1

जाजरकोट प्रहरीका अनुसार आगो नियन्त्रणमा आउन सकेको छैन भने घटनाको विस्तृत विवरण आउन वाँकी छ ।

आगो लागेपछि होटलभित्र रहेका व्यक्ति तथा सामाग्री वाहिर निकाल्न र प्रहरी भित्र पस्ने सक्ने अवस्था नरहेको जाजरकोटका पत्रकार दिप वहादुर घर्ती मगरले जानकारी दिनुभयो ।।