काठमाडौं – साढे तीन दशकदेखि नेपाल वायुसेवा निगममा जहाज उडाइरहेका एक वरिष्ट क्याप्टेनले ऐन विपरित अकस्मात राजीनामा दिएपछि विवादमा तानिएका छन् ।
निगमले उनको राजीनामा अस्वीकृत मात्र गरेको छैन तुरून्त काममा फर्कन पत्राचारसमेत गरेको छ । जहाज अभाव मात्र नभएर क्याप्टेन अभाव पनि खेप्दै आएको निगमले क्याप्टेन ढकालको राजीनामाले ठूलै झड्का लागेको छ ।
ढकालनिकट स्रोतका अनुसार उनले निगमबाट राजीनामा दिएर निजी कम्पनीको अन्तर्राष्ट्रिय उडान गर्न हिमालयन एयरलाइन्स जाने तयारीमा थिए । नागरिक दैनिकमा लाई उद्दृत गर्दै राटोपाटीमा खबर छ ।