दाङ,। राप्ती अंचलस्तरीय खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ३ की विजेता स्टार सुप्रिया पाण्डेयलाई शुक्रबार घोराहीमा सम्मान गरिएको छ । स्टार पाण्डेयले अध्ययन गर्ने विद्यालय सिद्धार्थ एकेडमीले एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । विद्यालयका प्रिन्सिपल तीलबहादुर जीएम, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष केएल पीडित, सिद्धार्थ एकेडमीका प्रबन्ध निर्देशक नवराज सुवेदी, नृत्य प्रशिक्षक सुशीला थापा पोख्रेल एवं पुष्पा पाण्डेयले उनलाई खादा ओढाई सम्मान गर्नु भएको थियो ।
