Indrenionline.com

करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ, १८ भदौ । 
देउखुरीको सतवरीया गाविस निवासी एकजना महिलाको करेन्ट लागेर विहिवार मृत्यु भएको छ । विहान करिव साढे १० बजेको समयमा ६० वर्षीय जिरु चौधरीको मोटरवाट नुहाउँने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

नुहाउने क्रममा करेन्ट लागेर घाईते भएकी चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा लगिएको थियो । उपचारको क्रममै चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।।