Indrenionline.com

तिजलाई भड्किलो होईन सभ्य बनाऔ

भाद्र १८ दाङ
शुक्रवार तुलसीपुरमा आयोजित तिज मिलन कार्यक्रममा वोल्ने वक्ताहरुले तिज पर्वलाई चड्किलो र भड्किलो बनाउन नहुने बताएका छन् । उनीहरुले आफ्नो परम्परालाई भुलेर विदेशी संस्कृतीको सिको गर्न नह्ने सुझाव दिएका छन् ।teej

सक्सेस एकाडेमी तुलसीपुर ९ मा आयोजित तिज मिलन कार्यक्रममा वोल्ने वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् । उनीहरुले मौलिक परम्परा अनुसार चाड पर्वहरुलाई मनाउनु पर्ने समेत सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न कलाकार एंव विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षक दर्शन बुढाथोकिले गर्नुभएको थियो ।।