भाद्र १८ दाङ
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि.टु नेपालका गभर्नर घनश्याम भट्टराईले अवको अभियान समाज रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । उहाँले समाजसेवाको माध्यमबाट समुदायालाई सकारात्मक सोच र रुपान्तरणमा अभिप्रेरीत गर्न सबै सामाजिक अभियन्ताहरु लाग्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार दाङको तुलसीपुरमा आयोजित राप्ती अञ्चलमा क्रियाशिल १३ वटा लायन्स क्लव र २ वटा लियो क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका भट्टराईले लायन्स क्लवले प्यूठान लगायतका जिल्लाहरुमा बाढि बाट भएको मानविय क्षतिका पिडीतहरुलाई दशै लगत्तै दोस्रो चरणको सहयोग गर्र्न आफु प्यूठान लगायतका जिल्लाहरुमा पुग्ने कार्यक्रम तय गरेको समेत जानकारी दिनुभयो ।।