Indrenionline.com

एमालेद्वारा विभिन्न स्थानमा प्रतिनिधि छनौट

दाङ, १८ भदौ । 
नेकपा एमाले दाङको आसन्न १२ औं जिल्ला अधिवशेनका लागि प्रतिनिधि छनौट गर्न थालिएको छ । सोही क्रममा हिजो विभिन्न गाउँ पार्टी कमिटी तथा नगरका वडाहरुमा प्रतिनिधी छनौट गरिएको छ ।uml

सौडियार, मानपुर, पञ्चकुले लगायतका गाविस तथा घोराही, तुलसीपुर र लमही नगरपालिकाका विभिन्न वडामा प्रतिनिधी छनौट गरिएको हो । घोराही नगरपालिका वडा नं ९ मा भएको भेलाले दुई जना महिला सहित पाँच जना प्रतिनिधी चयन गरेको छ ।

वडाध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षतामा भएको भेलाले गजेन्द्रसिंह खड्का, मणिराज पुन खुल्ला तर्फ, जंग विश्वकर्मा दलित तर्फ, महिला तर्फ देविसरा केसी र खीमा घर्तिमगरलाई प्रतिनिधिका रुपमा चयन गरेको थियो ।।