Indrenionline.com

आजदेखि घरदैलो कार्यक्रम सुरु गरिदै

इन्द्रेणी संवाददाता

दाङ, १६ बैशाख । विद्यालय भर्ना अभियानमा छुटेका बालबालिकालाइ लक्षित गरी दाङमा पनि घरदैलो कार्यक्रम सुरु भएको छ । वैशाख २ गतेदेखि १५ गतेसम्म चलेको विद्यालय भर्ना अभियानको क्रममा छुटेका बालबालिका पहिचान गर्न घरदैलो गर्न सुरु गरेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ ।

फाइल तस्वीर

५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन उनीहरुको पहिचान गर्ने, घरघरमा पुगेर अभिभावकलाइ भर्नामा प्रेरित गर्ने, वरपरको अन्य वालवालिका पनि पहिचान गर्ने काम गरिरहेको जिल्ला शिक्षा अधिकारी रमेश मेनालीले जानकारी दिनुभयो ।

दाङमा अहिले झण्डै २ हजार वालवालिका विद्यालय भर्ना नभएर विद्यालय वाहिर रहेको उहाँले वताउनुभयो । आर्थिक, सामाजिक रुपमा कमजोर घरपरिवार, जनचेतनाको कमी रहेका, दलित, थारु लगाएत पछाडी परेका समुदायका वालवालिका विद्यालय भर्नावाट छुटेका छन ।

यसैगरी, सडक वालवालिका, रोजगारी र कामको शिलशिलामा जल्ला वाहिर रहेका अभिभावकका वालवालिकाहरु भर्ना हुनवाट छुटेको उहाँले जानकारी दिनुभयो । घरदैलो अभियानमा जिल्ला शिक्षा कार्यालय, शिक्षक र शिक्षासंग सरोकार राख्ने निकायको सहभागिता छ ।

घरघरमा छुटेका वालवालिकाहरुलाइ विद्यालयमा जान आग्रह गर्दै भर्ना गराउन अभिावकलाइ आग्रह गर्ने काम भइरहेको छ । यसैविच, सडक वालवालिकालाइ विद्यालयसम्म लैजान चुनौति रहको छ । उनीहरु घर छाडेर सडकमा आएकाले दिगो रुपमा उनीहरुको पुनस्थापना हुन नसक्दा र विद्यायय जानका लागी चाहिने आधारभुत कुराको कमी हुँदा विद्यालयसम्म पु¥याउन समस्या देखिएको हो ।

घरदैलो कार्यक्रम अन्तर्गत आज जिल्ला शिक्षा अधिकारी मैनालीले दाङको लक्ष्मीपुरमा रहेको रात्री प्राविमा पुगेर अभिभावक, विद्यालय व्यवस्थापन समितिसंग भेटघाट गरी विभिन्न कारणले भर्ना हुनवाट छुटेका वालवालिकालाइ विद्यालयसम्म ल्याउन आग्रह गर्नुहुने भएको छ । रात्री प्रावि विद्यालयमा अधिकांश चौधरी समुदायका वालवालिकाले अध्ययन गर्दै आएकोमा गतवर्ष वन्द रहेको थियो । विद्यालयलाइ नियमित सुचारी गर्दै भर्ना नभएका वालवालिकालाइ विद्यालयमा भर्ना गराउन आग्रह गर्नुहुनेछ ।।