
स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा लन्च प्याडमा विस्फोट भएको विविसीले जनाएको छ ।
विविसीका अनुसार विस्फोटका कारण कोशौं टाढा रहेका भवनमासमेत कम्पन महसुस गरिएको थियोे । विस्फोटका कारण सामाजिक सञ्जाल फेसबुकको कम्यूनिकेशन स्याटलाइट ध्वस्त भएको छ । शनिबार उद्घाटन गर्ने तयारीमा रहेको स्याटेलाइटमा इजरायलमा बनेको एमास सिक्स उपग्रहको प्रयोग गर्ने तयारी थियो । यो उपग्रहले अफ्रिकाका सबै ठाउँमा इन्टरनेट सेवा पु¥याउने योजना थियो ।
नासाले स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपणको जाँच गरिरहेको र उसले आगामी हप्ताको अन्त्यमा स्याटलाइट अन्तरिक्षमा लैजाने तयारीमा रहेको जनाएको छ । रकेटमा इन्धन भर्ने क्रममा कुनै गडबडी भएकाले विस्फोट भएको हुन सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।