काठमाण्डौ, १७ भदौ ।
न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । गिस्बार्नको उत्तर पूर्व एक सय ६९ किलोमिटर दूरीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यकले जनाएका छन् ।
तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ । भूकम्पपछि उत्तरी आइल्याण्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।
सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो । न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली हुने गरेको अधिकारीले बताएका छन् ।।