दोलखा, १६ भदौ ।
दोलखाको लामाबगर–४ छेचोतमो पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । पहिरोले पुरिएका चारजना बेपत्ता छन् । मृत्यु हुनेमा स्थानीय मंगले तामाङकी श्रीमती पातामाया, छोरा बडुले तामाङ र सोही ठाउँ पसल गरेर बसेकी गौरीशंकर–४ सिमिगाउँकी पेममाया तामाङ छन् । 