भदौ १६, रोल्पा ।
रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अघिल्लो वर्षको भन्दा गतवर्ष दुर्घटनामा कमी आएको बताइएको छ ।
अघिल्लो वर्ष दुर्घटना बढेकोे भन्दै विभिन्न विद्यालय, क्लब, चालक, सहचालक, व्यवसायी, यातायात कर्मचारी तथा टोलटोलमा ट्राफिक सचेतीकरण गरिएको थियो । ट्राफिक नियम पालना सम्बन्धमा कडाइका साथ चेकजाँचसमेत गरिएको थियो ।
चेकजाँचका क्रममा तीन हजार १२२ पटक कारबाही गरिएको थियो । यसरी भएको कारबाहीबाट रु नौ लाख तीन हजार ९०० राजस्व सङ्कलन गरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष राजस्वसमेत बढी सङ्कलन भएको शर्माले बताउनुभयो ।
दुर्घटना न्यूनीकरणमा सचेतीकरण कार्यक्रम निकै प्रभावकारी भएको भन्दै चालु आवमा समेत त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गरिने योजना रहेको शर्माले बताउनुभयो ।। रासस