दाङ, १६ भदौ ।
दाङलाई आनीवानी परिवर्तनसहित हरित नगर जिल्ला वनाउने अभियान सन्चालन गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले सरसफाइ अभियानमा साथ दिन नागरीकहरुलाइ आग्रह गरेको छ । गत फागुन महिनादेखी जारी अभियानमा अहिलेसम्म ६० भन्दा वढिले अभियान्ता वन्नका लागी फाराम भरेको संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।
यद्यपी सामान्य हिसावले यो अभियानमा लाग्न भने कठिन रहेको संघले वताएको छ । उक्त अभियान अन्तर्गत घोराहीका टोल टोलमा पुगेर टोलवासीहरुलाइ सरसफाइवारे सचेतना दिने, व्यवसायीहरुसंग छलफल गर्दै आएको र नागरीकस्तरमा पनि अभियान प्रभावकारी वन्दै गएको उहाँको दावि छ ।
वाटोमा हिड्दा नागरीकहरुले जहाँ पायो त्यही फेहोर विर्सजन गर्ने समस्या रहेको र त्यसका लागी सम्वन्धित टोल विकास संस्थाहरुलाइ फोहोर फाल्ने डस्टविन प्रदान गरिएको छ ।।