दाङ, १६ भदौ
दाङमा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर नगरपालिका २० निवासी ३४ वर्षीय राजु गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गिरीको तुलसीपुर स्थित घरबाट प्रिगाउँ पुर्खेउली घर जाँदै गर्दा एयरपोर्ट मोडमा विद्युत पोलमा ठोक्किदा दुर्घटना भएको थियो ।
रा २ प ७०८४ नमम्वरको मोटरसाईलकमा सवार गिरीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै कोहलपुर रिफर गरिएको थियो । गिरीको उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।।
